‘कान्छीको सम्झनामा’मा एलिस राई र गीता ढुंगानाको प्रेम(भिडियो)

गायक प्रविन राजथलाको स्वर, शब्द र संगीत रहेको ‘कान्छीको सम्झनामा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रणय दिवसको अवसर पारेर सार्वजनिक गरिएको गीतमा एलिस राई र गीता ढुंगानाको अभिनय रहेको छ । यस गीतलाई जोयस गुरुङले संगीत संयोजन गरेका हुन्।

युवा युवती बीचको प्रेमलाई प्रस्तुत गरिएको म्युजिक भिडियोलाई भुपेन्द्र तुम्बाहाम्फेले छायांकन गरेका हुन्। भिडियोमा अर्जुन खड्काको सम्पादन रहेको छ। एलिजा महर्जन निर्मात्री रहेको यस भिडियोलाई सत्यराज चौलागाईको निर्देशनमा तयार पारिएको हो।पिआर म्युजिकको आधिकारिक च्यानल मार्फत् भिडियो सार्वजनिक भएको हो। हेर्नुहोस् गीतको भिडियो :

Leave a Reply