‘मायाले मलाई बोलायो’ भन्दै सलोन र स्मिता(भिडियो)

गायिका स्मिता दाहाल र अभिनेता सलोन बस्नेत अभिनीत म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका स्मिताको स्वर रहेको ‘मायाले मलाई बोलायो’ बोलको गीत शुक्रवार ‘प्रफेक्ट प्लान’को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा राजनराज सिवाकोटीको शब्द तथा सङ्गीत रहेको छ । गीत दिक्षित पौडेलले एरेन्ज गरेका हुन् । नायक सलोन बस्नेतले आफ्नै प्रोडक्सन हाउस ‘प्रफेक्ट प्लान’बाट निर्माण गरेको यस म्युजिक भिडियोको निर्देशन शिशिर खातीले गरेका हुन् ।

भिडियोमा सलोन र स्मितासगै प्रकाश घिमिरे, गौतम धिमाल, सुुमिन गुरुङको अभिनय रहेको छ । भिडियोलाई संकल भुजेलले खिचेका हुन् भने कोरियोग्राफी आर्जु बैजुको रहेको छ । भिडियोको सम्पादन बनिश शाहले गरेका हुन् । म्युजिक भिडियो निकै सुन्दर बनेको छ भने गीतको अडियो पनि सुन्दर बनेको छ ।

 

Leave a Reply