आँचल शर्मा र निराजन प्रधानको ‘माया बैगुनी'(भिडियो)

अमेरिकामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक विजय शंखरको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘माया बैगुनी’ बोलको म्युजिक भिडियोमा नायिका आंचल शर्मा र मोडेल निराजन प्रधान फिचर्ड छन्। प्रेमिल शैलीको यस गीतमा विजय शंखरलाई भोइस अफ नेपाल फेम्ड गायिका विमोचना लोम्जेलले स्वरमा साथ दिएकी छिन् । गीतमा शब्द र संगीत स्वयम् गायक विजय शंखरको रहेको छ । यस गीतलाई टेकेन्द्र याक्शो लिम्बुले संगीत संयोजन गरेका हुन्।

प्रेम गर्न चाहने युवा युवती विचको फकाउने खोज्ने तरिका र ठट्टालाई प्रस्तुत गरिएको म्युजिक भिडियो सोनाम पाख्रिनको निर्देशनमा तयार पारिएको हो। सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्। भिडियोलाई सुशील न्यौपानेले सम्पादन गरेका हुन्। भिडियो हेर्नुहोस : 

Leave a Reply