सन्दिप,बुद्धिदेखि बर्षा र रबिन्द्रसम्म फिचर्ड चलचित्र ‘श्री’को फर्स्टलुक सार्वजनिक

चलचित्र ‘श्री’को फस्टलुक सार्वजनिक भएको छ । एभरेष्ट सूर्य बोहराले निर्देशन गरेको चलचित्रको पोस्टरमा सन्दिप क्षेत्री, रविन्द्र झा, बर्षा सिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेललगायतका कलाकार फिचर छन् । बसुन्धरा भुसाल, भोलाराज सापकोटा, कमलजंग बोहरा (काजी), मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ, नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्कीको पनि अभिनय रहेको चलचित्रलाई श्री पराजुली र सविता गुरुङले निर्माण गरेका हुन् ।

शेरबहादुर तामाङको छायांकन रहेको चलचित्रमा सुजन बडालको सम्पादन, एलिस कार्कीको ब्याकराउण्ड स्कोर र निरज केसीको साउन्ड मिक्सिङ छ । लकडाउनका कारण एउटै घरमा थुनिएका पात्रहरुको कथामा यो चलचित्र बनेको छ ।

Leave a Reply