निशान र अस्मिताको आवाजमा चलचित्र ‘संस्कार’को गीत रेकर्ड

किशोर चौधरीको निर्देशनमा चलचित्र ‘संस्कार’ निर्माण हुने भएको छ । बुधवार चलचित्रमा समावेश ‘चितवनको एयरपोर्ट’ बोलको गीत रेकर्ड गरिएको छ । किशोर चौधरीको शब्द र चन्द्रज्योति ढुंगानाको संगीत रहेको गीतमा निशान भट्टराई र अस्मिता अधिकारीले स्वर भरेका छन् । उनीहरुले दोस्रो पटक एकसाथ चलचित्रको गीत गाएका हुन् । ‘चितवनको एयरपोर्ट’ गीतको शब्द तथा संगीत राम्रो रहेको र दर्शकलाई मनपर्ने निशान र अस्मिताको विश्वास छ । यो गीतलाई चलचित्रमा कथावाचनको रुपमा प्रयोग गरिने निर्देशक चौधरीले बताए । बास्सा फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण हुने चलचित्र पारिवारिक कथामा बन्नेछ ।

दिनेश कुँवर निर्माता रहेको चलचित्रको स्क्रिप्ट निर्माता कुँवरकै हो । तिहारपछि सुटिङ सुरु हुने चलचित्रमा मनोरञ्जनका साथै समाजोपयोगी सन्देश रहने निर्माता दिनेशले जानकारी दिए । चलचित्रको सह निर्मातामा राजु अधिकारी, सुमन तेन्जल र हरि भण्डारी छन् । तनहुँ, पोखरा र विरगंजमा खिचिने चलचित्रमा दिनेश प्रमुख भूमिकामा रहने छन् भने अन्य कलाकारको चयन प्रक्रिया जारी छ ।

 

Leave a Reply