‘फुर फुर पुतली’मा सलोन र रियाशाको जोडी(भिडियो)

आगामी कात्तिक ७ गतेबाट चलचित्र ‘लक्ष्मी पूजा’ टेलिभिजनमा रिलिज हुँदैछ । यो चलचित्रमा समावेश ‘फुर फुर पुतली’ बोलको गीत सार्वजनिक गरिएको छ । माण्डवी त्रिपाठी र अंकित न्यौपानेको स्वर रहेको गीतमा दयाराम पाण्डेको शब्द, विपिन आचार्यको संगीत रहेको छ ।

यो गीतको भिडियोमा नायक सलोन बस्नेत र मोडल रियाशा दाहालले नृत्य गरेका छन् । सलोन र रियाशा विशेष भूमिकामा देखिँदैछन् । साथमा, चलचित्रका मुख्य कलाकार जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुरेलीलाई गीतको भिडियोमा देख्न सकिन्छ । भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन र गौतमराज खड्काको सम्पादन रहेको छ । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा अभिनेत्री जाहान्वी बस्नेत दोहोरो भूमिकामा प्रस्तुत छिन् । भिडियो हेर्नुहोस : 

Leave a Reply