गीति चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर सार्वजनिक

फिचर फिल्मको लम्बाईमा संवादसहितको गीति चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर सार्वजनिक भएको छ । केही समय अगाडि एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको भए पनि डिजिटल रिलिज भने सोमवार भएको हो । मातृभूमि च्यानलबाट सार्वजनिक ट्रेलरमा ट्रेलरमा जातीय विभेदको कथालाई देखाइएको छ । चलचित्रका अभिनेता अभिनास न्यौपाने र अभिनेत्री श्रेया कार्कीबीचको प्रेमलाई पनि ट्रेलरमा देख्न सकिन्छ ।

सौरपानी मिडियाको व्यानरमा निर्माण भएको फिल्ममा देवेन्द्र पान्डेको निर्देशन र मणि नेपाली पनेरुको लगानी छ । निर्माता पनेरुले लेखेका ६ वटा लोकगीतमा आधारित भएर फिल्म निर्माण गरिएको हो । फिल्ममा मोहन निरौला, उत्तम केसी, सरु सुनवार, शुभम् आचार्य, सविना न्यौपाने, मणि नेपाली पनेरुको अभिनय छ । फिल्मको ट्रेलर सार्वजनिक गरिए पनि प्रदर्शन मिति घोषणा गरिएको छैन । नेपालमा सार्वजनिक प्रदर्शन अगाडि फिल्मलाई अमेरिका लगायतका राज्यमा प्रदर्शन गर्ने योजना रहेको छ ।

क्यानडाको लागि नेपाली साँस्कृतिक दूत समेत रहेका पूर्ण नेपालीको एकल संगीत रहेका फिल्मका गीतहरूमा राजु परियार, तुलसी पराजुली, देवी घर्ती, निशा देसार, धर्मेन्द्र सेवान, टीका पुन लगायतका गायक–गायिकाहरुको स्वर छ ।

Leave a Reply