चलचित्र पत्रकार संघको अध्यक्षमा समीर बलामी निर्वाचित

चलचित्र पत्रकारहरुको छाता संस्था चलचित्र पत्रकार संघको अध्यक्षमा समीर बलामी निर्वाचित भएका छन् । बुधबार राजधानीमा सम्पन्न संस्थाको नवौं महाधिवेशनले बलामीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । उपाध्यक्ष कार्यक्रमतर्फ कुबेर गिरी, उपाध्यक्ष संगठनतर्फ विजय सुवेदी र उपाध्यक्ष महिलातर्फ सुरक्षा भट्टराई निर्वाचित भएका छन् ।

अध्यक्ष पदमा बलामी र राजन घिमिरेबीच प्रतिस्पर्धा भएको थियो । बलामीले ८३ मत पाउँदा घिमिरेले ६७ मत प्राप्त गरे । महासचिवमा रघुनाथ सापकोटा, सचिवमा नवीन गिरी, सचिव समावेशीतर्फ उद्धव रसाइली, कोषाध्यक्षमा मनिष कार्की र सहकोषाध्यक्ष मनिष अञ्जान निर्वाचित भए ।

Leave a Reply