पल र कविताको जोडी म्युजिक भिडियोपछि अब चलचित्रमा देखिने

अभिनेता पल शाह र मोडल कविता रायको जोडीलाई अब चलचित्रमा पनि हेर्न पाइने भएको छ । यो जोडीले तिमी छौं र म, ओ साजन, ओ साजन २, हेरेर तिमीलाई बोलका गीतका भिडियोमा संगै काम गरेका छन् ।

‘ओ साजन र ओ साजन २’ गीत बजारमा आएपछि म्युजिक भिडियोमा रुचाईएको पल र कविताको जोडीलाई लिएर पिके फिल्म्सले चलचित्र बनाउन लागेको हो । ‘ओ साजन २’को पत्रकार सम्मेलनमा ‘ओ साजन’ नाममा चलचित्र बन्न लागेको जानकारी गराइएको थियो । चलचित्रको विषयमा अन्य जानकारी छुट्टै पत्रकार सम्मेलन आयोजना गरेर दिइने बताइएको छ ।

Leave a Reply