चलचित्र ‘लक्ष्मी पूजा’को टिजर सार्वजनिक(भिडियो)

यही दशैंमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लक्ष्मीपूजा’ को टिजर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक भएको चलचित्रको टिजर मार्फत् चलचित्रको सस्पेन्स प्रस्तुत गर्न खोजिएको छ । चलचित्रमा अभिनेत्री जाहान्वी बस्नेत दोहोरो भूमिकामा प्रस्तुत छिन् । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा जाहान्वीसँगै जयकिशन बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय छ भने अभिनेता सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन् ।

‘लक्ष्मी पूजा’ मा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको छ । समिर मियाँको निर्देशन रहेको चलचित्रमा निर्देशक समेत रहेका शोभित बस्नेत निर्मातामा छन् ।

Leave a Reply