अभिनेत्री काजल अग्रवाल यहि महिना वैवाहिक जीवनमा बाधिदै

साउथ फिल्म तथा बलिउडकी चर्चित अभिनेत्री काजल अग्रवाल  विवाह गर्दैछिन् । काजलले मंगलवार इन्स्टाग्राममा एक पोस्ट गर्दै आफूले विजनेशम्यान गौतम किचलूसँग विवाह गर्न लागेको जानकारी दिएकी छन् । उनले विवाहको मिति पनि सार्वजनिक गरेकी छन् । उनका अनुसार, आउँदो ३० अक्टोबरका लागि विवाहको मिति तय गरिएको छ ।

विवाहको बारेमा जानकारी दिँदै उनले भनेकी छन्, ‘यो महामारीले हाम्रो खुसीलाई प्रभावित गरेको छ तर हामी आफ्नो जीवनलाई एकसाथ सुरु गर्नका लागि उत्साहित छौं । म विश्वस्त छु कि तपाईंहरु पनि खुसी हुनुहुन्छ ।’ काजललाई साउथकी सबैभन्दा सुन्दरी अभिनेत्री भन्ने गरिन्छ ।

 

Leave a Reply