हरिवंश आचार्य र उनकी श्रीमतीलाई कोरोना सङ्क्रमण

हास्य कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले सोमबार स्वाब दिएकामा मंगलबार आएको पीसीआर रिपोर्ट अनुसार संक्रमण पुष्टि भएको हो । हरिवंश आचार्यका अनुसार उनकी श्रीमती रमिला आचार्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

 

कलाकार आचार्यले सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट आफूहरुलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।उनले आफ्नो सम्पर्कमा आउनेहरुलाई पीसीआर परीक्षण गर्न र होम आइसोलेसनमा बस्‍न आग्रह गरेका छन् । आचार्यले जनस्वास्थ्यका मापदण्ड अपनाउन पनि उनले सुझाएका छन् ।

Leave a Reply