रघुनाथ सापकोटाको अनटाइटल प्रोजेक्टमा नाजिर हुसेन

अभिनेता नाजिर हुसेनले नयाँ चलचित्र साइन गरेका छन् । उनले सेलिब्रेटी नेपालको ब्यानरमा बन्ने एक ‘अनटाइटल’ चलचित्र साइन गरेका हुन् । रघुनाथ सापकोटा निर्माता रहने चलचित्रमा यम थापाको पटकथा तथा संवाद रहने छ । सोमबार अभिनेता हुसेनसँग सापकोटाको कागजी सम्झौता भएको हो । सामाजिक कथावस्तुमा बन्ने चलचित्रको नाम, निर्देशक तथा अन्य कलाकारहरु भने फाइनल गरिएको छैन । चलचित्र फागुनबाट फ्लोरमा जाने निर्माणपक्षको योजना छ । नाजिरले यसअघि सन्तोष सेनको ‘हुतुतु’ पनि साइन गरिसकेका छन् ।

Leave a Reply