एलिना चौहान र विक्रम गौतमको ‘पिरती लाइदैन’(भिडियो)

गायक विक्रम गौतम र गायिका एलिना चौहानको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा यी दुईलाई जगत तिरुवाले र्याप गरेर स्वरमा साथ दिएका छन्। ‘पिरती लाइदैन’ बोलको गीत बुधबार युट्युबमा सार्वजनिक गरिएको हो । गायक गौतमको शब्द रहेको यो गीतमा राज के बराइली र स्वयम् विक्रम गौतमले नै सङ्गीत भरेका छन् । भिडियोमा विक्रम गौतम, एलिना चौहान, जगत तिरुवा र अन्य कलाकारहरु फिचर्ड छन् । लच्छु प्रकाश मल्लले एरेन्ज गरेको गीतलाई मनोज डंगोलले मिक्सिङ गरेका हुन् । भिडियोलाई यमन माझीले निर्देशन गरेका हुन् । भिडियो हेर्नुहोस् :

Leave a Reply