जमानतमा जेल बाट रिहा भइन् रिया चक्रवर्ती

अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि मृत्यु प्रकरणको अनुसन्धानका क्रममा सोधपुछ गर्दा ड्रग्स प्रकरणमा तानिएकी रिया चक्रवर्तीलाई अदालतले रिहा गर्न आदेश दिएको छ । रिया चक्रवर्तीलाई एनसीबीले ८ सेप्टेम्बरमा गिरफ्तार गरेको थियो । जमानत पाएपनि रियालाई विदेश यात्रा गर्दा प्रशासनको अनुमति आवश्यक पर्दछ । यस्तै, मुम्बइबाट बाहिर जानुपर्दा पनि रियाले प्रहरी अधिकारीलाई यो कुराको जानकारी दिनुपर्नेछ । यस्तै, उनी १० दिनको अन्तरमा प्रहरी कार्यलय पुग्नुपर्नेछ । यस भन्दा अगाडि मंगलबार सेसन कोर्टले उनलाई अक्टुबर २० तारिखसम्म हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो ।

यसपछि, रियाका वकिलले जमानतको माग गर्दै उच्च न्यायलयमा अपिल गरेकी थिइन् । रिया विगत एक महिनादेखि जेलमा थिइन् । उनले, २ पटकसम्म जमानतका लागि अदालतसँग अपिल गरेकी थिइन् । तर, उनको दुबै पटकको अपिल खारेज भएको थियो । बुधबार अदालतले उनलाई १ लाख धरौटीसहित जमानतमा रिहा गर्न आदेश दिएको हो । रिया जमानतमा छुटेपनि उनका भाई सोविक भने जेलमै रहनेछन् ।

 

Leave a Reply