कलाकारहरू विवादमा आउन थालेपछि,दीपकराज गिरीको सल्लाह अन्तर्वार्तादेखि होशियार!

केही दिनदेखि कलाकारहरू अन्तरवार्ताका कारण विवादमा आइरहेको छन्। कलाकारहरू विगतमा पनि जिब्रो चिप्लिँदा ट्रोलको शिकार नभएका भने होइनन् । निर्देशक तथा नायिका दीपाश्री निरौला अहिले ट्रोलको शिकार भइरहेकी छिन् । उनले एक संचार माध्यममा अन्तर्वार्ता दिदै राजेश हमाल महानायक हो र ? भन्दै प्रश्न गरेपछि उनको त्यो अभिव्यक्तिको भिडियोको अंश अहिले भाइरल भइरहेको छ । राजेश हमालका फ्यानहरु दीपाश्री निरौलामाथि आक्रोशित भएका छन् । त्येसैगरी पूजा शर्माले केही समय अगाडि एउटा टेलिभिजनमा दिएको अन्तर्वार्ताले उनको अहिले निकै ट्रोल भइरहेको छ । शर्माले पनि केही समय अघि दीपाश्रीले दिएकै संचार माध्यममा अन्तर्वार्ता दिएकी थिइन् । अन्तर्वातामा पूजा शर्माले नेपालमा ७२ प्रदेश र १४ जिल्ला छ जस्तो लाग्छ भनेकी थिइन् । नायिका वर्षा राउत नेपाल भारतको सीमा विवादको विषयमा बोलेर ट्रोलको शिकार भएकी थिइन् ।

एकपछि अर्को गर्दै कलाकारहरू अन्तरवार्ताका कारण विवादमा आउन थालेपछि निर्माता तथा अभिनेता दीपकराज गिरीले अन्तर्वार्तादेखि होशियार रहन आग्रह गर्दै सामाजिक संजाल फेसबुकमा एउटा लामो स्टाटस लेखेका छन् । सबै कुरा सबैलाई थाहा नहुने बताएका दीपकले स्टाटसमा पत्रकार तथा कलाकार दुवैको दोष देखाएका छन् । त्यसैले अन्तर्वार्ताको लागि फोन आउदा खुशी नभएर होशियार हुने, सकेसम्म टार्ने, नसके पत्रकारसँग प्रशस्त छलफल गरेर आफू पूर्ण रूपमा तयार भएर मात्रै अन्तर्वार्ता दिने तथा आधा घन्टाको अन्तर्वार्ताबाट आफ्नो व्यक्तित्व स्वाहा नपार्न सल्लाह दिएका छन् । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि युट्युबका पत्रकारलाई अन्तरवार्ता नदिने बताएकी थिइन् । उनले युट्युबका पत्रकारले हेडलाइन बङ्गाएर आफ्नो बेइज्जत गरेको बताएकी थिइन ।

पढ्नुहोस् दीपकराज गिरीले लेखेका पुरा स्टाटस : 

Leave a Reply