‘सम्हालिन्छ कहिले मन’को गीतमा पूजा र सोनमको रोमान्स(फोटो फिचर र भिडियो)

सुदर्शन थापा निर्देशित नयाँ चलचित्र ‘सम्हालिन्छ कहिले मन’को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘जरुरी कुरा छ’ बोलको गीतमा सुरेश लामा र अञ्जु पन्तको युगल स्वर छ भने अर्जुन पोखरेलको संगीत र सुरेश वाग्लेको शब्द छ ।


कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा चलचित्रका मुख्य अभिनेता सोनम तोप्देन र अभिनेत्री पूजा शर्मा रोमान्टिक अवतारमा प्रस्तुत छन् । गीतमा उनीहरुको केमेस्ट्री निकै सुहाएको छ । भिडियोमा सौरभ लामाको छायांकन छ । भिडियोमा आकाशमा उड्ने प्लेनदेखि पानीमा चल्ने जहाजसम्म र सडकमा कुद्ने कारदेखि मरुभूमिमा हिँड्ने उटसम्म प्रयोग गरिएको छ । यस चलचित्रबाट सोनम तोप्देनले नायकको रुपमा डेब्यू गर्दैछन् ।



आगामी भदौ १७ गतेबाट प्रदर्शन हुने लभस्टोरी चलचित्रमा पूजा र सोनमसँगै आकाश श्रेष्ठ,गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यको पनि मुख्य भूमिका छ । चलचित्रमा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, महेश दवाडीको कथा छ । अमित बस्नेतको लगानीमा बनेको चलचित्रमा परी राना र अजितकुमार थापा सह–निर्माताको रुपमा छन् । चलचित्रका कार्यकारी निर्माता सनिष खकुरेल हुन् ।


चलचित्रको छायांकन लण्डन, नेपालको मुस्ताङ र दुबइमा गरिएको छ । बेलायतमा ४५ दिनसम्म छायांकन भएको चलचित्रको गत फागुनमा दुबईमा एक गीत र केही सिनहरु खिचिएको थियो । एबी इन्टरनेशलको ब्यानरमा निर्माण भएको यो चलचित्रक त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।

Leave a Reply