चलचित्र ‘चंगा चैट’ युट्युबमा सार्वजनिक,हेर्नुहोस् पूरा चलचित्र(भिडियो)

कमेडी जनरामा निर्माण भएको दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘चंगा चैट’ बिहिबार युट्युबमा सार्वजनिक भएको छ । कोरोना भाइरसको संक्रमणका कारण मनाेरञ्जन क्षेत्र सुनसान बनेको बेलामा दर्शकहरूको लागि चलचित्र ‘चंगा चैट’ युट्युबमा सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत मंगलबार राति सार्वजनिक गरिएको फिल्ममा ३ युवाको कथा देखाइएको छ । चलचित्रमा आयुष्मान देशराज जोशी, रवीन्द्र झा, सन्दीप क्षेत्री, प्रियंका कार्की, अर्पण थापा, परमिता राणा, सुरक्षा पन्तलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । प्रदीप भारद्वाजले लेखेको फिल्मलाई माधव वाग्ले र शर्मिला पाण्डेले संयुक्त रूपमा निर्माण गरेका हुन् । चलचित्र ‘चंगा चैट’ वि.सं. २०७५ को कार्तिकमा हलमा रिलिज भएको थियो । हलमा रिलिजका क्रममा चलचित्रले दर्शकहरूबाट मिश्रित प्रतिक्रिया पाएको थियो ।
हेर्नुहोस् पूरा चलचित्र:

Leave a Reply