पल र स्वस्तिमा अभिनित ‘मायालु तिमी कता छौ २’ सार्वजनिक (भिडियो)

गायक राजनराज शिवाकोटी र गायिका स्मिता दाहालको स्वरमा रहेको ‘मायालु तिमी कता छौ २’ सार्वजनिक भएको छ । यो गीत दर्शक श्रोताले रुचाएको करिव १ बर्ष अगाडी सार्वजनिक ‘मायालु तिमी कता छौ’ को दोश्रो भाग हो । बिहीबार गज्जब टिभीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको गीतमा दिनेश थपलियाको शब्द र राजनराजको संगीत रहेको छ । भिडियोमा पल शाह र स्वस्तिमा खड्काको अभिनय रहेको छ र उनीहरूको साथमा बाल कलाकार एन्जल राई र अरविन खड्का पनि फिचर्ड रहेका छन् । भिडियोलाई सरोज ओलीले निर्देशन गरेका हुन्। नवराज उप्रेतीले खिचेको भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका छन् भने गीतमा विक्रम स्वारको कन्सेप्ट /कोरियोग्राफी रहेको छ ।
भिडियो हेर्नुहोस् :

Leave a Reply