सरोज र आश्मा लिएर आए ‘पिरतीको गुन्द्री’(भिडियो)

गायक डेविड शंकर र गायिका विनी श्रेष्ठको स्वरमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘पिरतीको गुन्द्री’ बोलको गीतको भिडियोमा कार्टुञ्ज क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड रहेका छन् । भिडियोमा सरोज र आश्मालाई रोमान्टिक रुपमा प्रस्तुत गरिएको छ ।

बिहिबार कार्टुञ्ज क्रुको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा विष्णु बिरही श्रेष्ठको शब्द र दिपकराज विश्वकर्माको संगीत रहेको छ । भिडियोको सोच तथा निर्देशन युवराज वाइवाको रहेको छ । गीतमा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ । गीतको भिडियो उत्सव दाहालले खिचेका हुन् भने विकास दाहालले सम्पादन गरेका हुन् ।
भिडियो हेर्नुस् :

Leave a Reply