चलचित्र ‘जात्रा’बाट प्रेरित हो त बलिउड चलचित्र ‘लुटकेस’?

हिजो बिहिबार बलिउड चलचित्र ‘लुटकेस’को ट्रेलर सार्वजनिक भएको छ । राजेश कृष्णननको निर्देशनमा तयार भएको यो चलचित्रमा कुनाल खेमु, रसिका डुगाल, विजय राज, रणवीर सोरी लगायतको मुख्य भूमिका छ । ट्रेलर सार्वजनिक भएसँगै चलचित्रको ट्रेलर हेर्ने अधिकांश नेपाली दर्शकले नेपाली चलचित्र ‘जात्रा’को कथावस्तुसँग यसको कथावस्तु मिलेको भन्दै प्रतिक्रिया दिएका छन् । चलचित्र ‘लुटकेस’ पैसाले भरिएको झोला भेटेपछि त्यसलाई कसरी लुकाउने वा के गर्ने भन्ने दोधारमा अड्किएको एक पात्रको वरिपरी घुमेको छ । नेपाली चलचित्र ‘जात्रा’ले पनि सामान्य परिवारमा जीवन बिताइरहेको एक व्यक्तिले पैसाले भरिएको बोरा भेटेपछि उत्पन्न हुने परिस्थितीको कथालाई प्रस्तुत गरेको थियो । चलचित्र ‘लुटकेस’ जुलाई ३१ मा डिजिटल प्लेटफर्ममा रिलिज हुँदैछ । पुरा चलचित्र हेरिसकेपछि यो ‘जात्रा’बाट प्रभावित छ या छैन भन्न सकिनेछ । तर, जुन किसिमले ट्रेलरमा देखाइएको छ, नेपाली दर्शकलाई भने ‘जात्रा’को याद गराइसकेको छ । अब कन्सेप्ट मात्र मिलेको हो या चलचित्र नै प्रभावित हो भन्ने अहिले नै भन्न सकिदैन ।

‘जात्रा’का निर्देशक प्रदिप भट्टराईका अनुसार भारतीयहरुले स्क्रिप्टको राइट्स किन्ने कुरा चलेको तर पछि नभएको र कुरा अगाडि नबढेको उनी बताउँछन् । प्रदिप भट्टराई निर्देशित चलचित्र ‘जात्रा’मा विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बाँनिया, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ ।

Leave a Reply