गायक प्रमोद खरेललाई पुत्री लाभ

चर्चित गायक प्रमोद खरेललाई पुत्री लाभ भएको छ । उनी आज छोरीका बाबु बनेका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफु छोरीको बाबु बनेको जानकारी गराएका हुन् । उनले घरमा लक्ष्मीको आगमन भएको र जिन्दगीमा अर्को खुशीको आकाश छोएको कुरा बताएका छन् ।

उनले फेसबुकमा भनेका छन् – जीन्दगीले अर्को खुशीको आकाश छोएको छ,
घरमा #लक्ष्मी को आगमन भएको छ …
तर..😔😔
भ्यान्टिलेटरमा ६ दिन (१४५ घण्टा )को कठिन संघर्ष पछि बल्ल उनी हाम्रो काखमा आइपुगिन…तनावग्रस्त अवस्थाले रुनु न हास्नु भयौं, सबैसँग खुशी बॉडने असीमित चाहना हुदाहुदै पनि सकिएको थिएन, न त दुखै साटन सकियो। खुशी पक्कै आउला भनेर हरेस खाइएन, डा. नुतन शर्मा डा. शिव चालिसे डा गणेश शाह लगायत अल्का हस्पिटल टिम, शुभेच्छुक,भगवान र प्रार्थना गरिदिनु हुने सबैप्रति आभारी छौं

Leave a Reply