भारतीय र्‍यापर डिनो जेम्सले काठमाडौंमा कन्सर्ट गर्ने

चर्चित भारतीय र्‍यापर डिनो जेम्सको काठमान्डौमा कन्सर्ट हुने भएको छ । आइतबार क्रिसमसको दिन अर्थात् पुस १० गते काठमाडौँको क्लब प्लाटिनममा उनले प्रस्तुति दिने जनाइएकाे छ । ‘द बिगिनिङ टुर’ नाम दिइएको यो कार्यक्रममा जेम्सले आफ्ना चर्चित ट्रयाक गाउँदैछन् ।

सन् २०१६ मा आफ्नो पहिलो एल्बम ‘लुजर’ सार्वजनिक गरेका उनले सार्वजनिक गरेको एल्बम ‘डी’ चर्चित रह्यो । उनी स्पटीफाइमा समेत लोकप्रिय छन् ।

Leave a Reply