‘लक्का जवान’को ट्रेलरमा कमेडी र ड्रामा(भिडियो)

कलाकार शिवहरी पौडेलको डेब्यू निर्देशित चलचित्र ‘लक्का जवान’ को ट्रेलर सार्वजनिक भएको छ । सोमवार सार्वजनिक भएको ३ मिनेट २२ सेकेन्ड लामो ट्रेलर कमेडी र ड्रामाले भरिएको छ । ‘लक्का जवान’ ले केही पाका उमेरका मानिसहरुको कथा भन्ने बुझ्न सकिन्छ ।

बैशाख २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा किरण केसी, सरोज खनाल, सुशील पोखरेल, शिवहरी पौडेल, दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, सुरेन्द्र केसी, जयनन्द लामा, अन्सुया श्रेष्ठ, अन्जु महर्जन, नरेन्द्र कंशाकार, देशभक्त खनाल लगायतको अभिनय छ । चलचित्रमा बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ अथिती भूमिकामा छन् । चलचित्रको कथा, पटकथा तथा संवाद शिवहरी स्वयंको हो ।

ध्रुवदत्त र अनुसुयषा श्रेष्ठ ओन्ताको प्रस्तुतीमा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माताका रहेको चलचित्र ‘लक्का जवान’ को सह-निर्मातामा सुशील अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी, दीपेन्द्र खनियालगायत छन् । ‘आमा बंगलामुखी फिल्म प्रोडक्सन’ को ब्यानरमा बनेको चलचित्रलाई देशभर एफडि कम्पनीले वितरण गर्नेछ ।

Leave a Reply