आँचल शर्मा र महेश काफ्लेको ‘लज्जावती झार’(भिडियो)

गायक महेश काफ्लेको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । महेशलाई गायिका अस्मिता अधिकारीले आवाजमा साथ दिएकी छिन् । ‘लज्जावती झार’ बोलको गीत सोमबार युट्युबमा सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा शब्द तथा सङ्गीत गायक महेश स्वयंको रहेको छ । म्युजिक भिडियोमा गायक महेश काफ्ले, अभिनेत्री आँचल शर्मा र असीम शाह फिचर्ड छन् ।

भिडियोमा महेश र आँचल प्रेममा परेका जोडीको भूमिका छन् भने प्रेम भाव बोकेको गीतले एक अर्कालाई मनका सबै कुरा भन्न नसक्ने देखाइएको छ । गीतको अडियो तथा भिडियो दुवै राम्रो बनेको छ । भिडियो आसिफ शाहले निर्देशन गरेका हुन् भने हरि हुमागाईँको छायाङ्कन र लोकेश बज्राचार्यको सम्पादन रहेको छ । भिडियो हेर्नुहोस् :

Leave a Reply