आकाश श्रेष्ठको “सानु” बनिन् एलिजा गौतम(भिडियो)

नायक आकाश श्रेष्ठ र नायिका एलिजा गौतम पहिलो पटक लोक दोहोरी गीत “सानु” मार्फत संगै स्क्रिनमा देखिएका छन् । डि ए आर मुभिजको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको लोक दोहोरी गीत “सानु” मा प्रताप दास, समिक्षा अधिकारी र आयुशा गौतमको स्वर रहेको छ । शब्द संचारकर्मि कमल सरगम, लय घमेश दुलाल, एरेन्ज कमल सौराग, रेकर्डिष्ट बिमल एरिस छिनालको छ  ।

प्रभावन जे को निर्देशन रहेको म्युजिक भिडियोमा नायिका एलिजा गौतम, नायक आकाश श्रेष्ठको साथमा गुराँस ढकाल र २ बर्षिय बाल कलाकार समाइरा थापाको अभिनय रहेको छ । नायक आकाश र नायिका एलिजाले संगै काम गरेको यो पहिलो गीत हो । भने प्रताप दासको पनि पहिलो लोक दोहोरी हो । गीतको छायांकन ज्ञानेन्द्र शर्मा हुंमागाई, कोरियोग्राफ सन्तोष राजबाहक र सहायक निर्देशन राजाराम गौतमको रहेको छ ।  भिडियो हेर्नुहोस् :

Leave a Reply