पल र साम्राज्ञीको जोडी ‘रेड वाइन’मा देखिने पक्का

हाल अमेरिकामा रहेका निर्माता रमेश एम.के. पौडेलले नयाँ चलचित्र ‘रेड वाइन’ निर्देशन गर्ने पक्का भएको छ । यो चलचित्रमा अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले सँगै काम गर्ने भएका छन् । पल र साम्राज्ञीले पहिलो पटक यस चलचित्रबाट स्क्रिन शेयर गर्न लागेका हुन् । यस्तै, चलचित्रमा हाँस्य कलाकार सन्दिप क्षेत्री र  इमिली लामाले अभिनय गर्ने पक्का भएको छ ।

यो चलचित्रको छायांकन अमेरिकामा नै हुने बताइएको छ । यो चलचित्रमा अमेरिकामा नै रहँदै आएका व्यवसायी पासाङ लामा र आर्यन पौडेलको लगानी रहनेछ । चलचित्रको सह–निर्मातामा भने निरु भण्डारी छिन् । आर्यन फिल्मस् प्रोडक्शन र वोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण हुने यो चलचित्रमा पटकथा तथा संवाद सविर श्रेष्ठको छ । चलचित्रको छायांकन कोरोनाको अवस्था हेरेर दशैं र तिहारको विचमा अमेरिकामा नै गरिने छ । चलचित्रमा ८८४८ मिडियाको पनि आवद्धता रहनेछ । चलचित्रका निर्देशक रमेश एम के पौडेलले निर्माण गरेको पछिल्लो चलचित्र ‘राज्जा रानी’ हो ।

 

 

Leave a Reply