अनमोलको ‘हनी बनी’ दशैंमा प्रदर्शन हुने

अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने नयाँ चलचित्र ‘हनी बनी’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माणपक्षले आगामी दशैंको अवसरमा असोज १४ गतेलाई चलचित्रको रिलिज मिति तय गरेको हो ।

दीवाकर भट्टराईको निर्देशनमा बन्न लागेको चलचित्र ‘हनी बनी’ अभिनेता सलोन बस्नेतको पनि मुख्य भूमिका रहनेछ । यसअघि दीवाकरको निर्देशन रहेको चलचित्र ‘क्याप्टेन’ मा अनमोलले काम गरेका थिए । प्रदर्शन मिति तय गरिएको भएपनि चलचित्रको आगामी मार्चबाट छायांकन सुरु गर्ने तयारी गरिएको छ । चलचित्रमा अभिनेत्री भने फाइनल भएको छैन ।

कम्पनी एबी इन्टरनेशलको प्रस्तुती रहने चलचित्रमा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिडेटले सहकार्य गरेका छन् । अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा अंकित गौतम छन् ।

Leave a Reply