नाजिरसंग स्वस्तिमा र रियाशाको ‘मुना- दुब्लो हुनाले’(भिडियो)

गायक राज खम्बु र गायिका सुजाता वर्माको स्वर रहेको ‘मुना’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा यी दुईलाई मिस्टर आरजेले आवाजमा साथ दिएका छन्। शुक्रबार सार्वजनिक गरिएको गीतमा नवराज कुलाउनीको शब्द र राजेन्द्र भट्टको संगीत रहेको छ। म्युजिक भिडियोमा स्वस्तिमा खड्का, नाजिर हुसैन र रियाशा दाहालको अभिनय रहेको छ।

भिडियोमा नाजिर र रियाशा श्रीमानश्रीमतीको भूमिका छन् भने स्वस्तिमा नाजिरको साली बनेकी छिन् । गीतको भिडियो निकै रमाइलो बनेको छ । अन्सु राईले निर्माण गरेको यस म्युजिक भिडियोमा अर्जुन तिवारी र उनको टिमले क्यामेराको काम गरेका छन् भने भिडियोलाई मोहित मुनालले एरेन्ज गरेका हुन् । यस गीतलाई राजिभ समरले कोरियोग्राफी गरेका छन् भने शान थापाले निर्देशन गरेका हुन् । भिडियो हेर्नुहोस् :

Leave a Reply