हरिवंश आचार्यको गाइजात्रा गीत ‘तिमी के को जान्ने ?’ सार्वजनिक(भिडियो)

कलाकार हरिवंश आचार्यको ‘तिमी के को जान्ने’ बोलको गाइजात्रा गीत सार्वजनिक सार्वजनिक भएको छ । ‘तिमी के को जान्ने’ बोलको गाइजात्रा गीतमा हरिवंशकै शब्द, स्वर तथा संगीत रहेको छ । बिहीबार महसंचारको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा हरिवंशको साथमा शशिकुमार खड्का, किरण तुलाधर, विकास भट्टराई, सुश्मा कार्की लगायतले अभिनय गरेका छन् । भिडियोमा हरिवंश आचार्यलाई नेताको भूमिकामा देख्न सकिन्छ । भिडियोलाई सागरराज शर्माले निर्देशन गरेका हुन् । गीतको भिडियोमा हरि हुमागाँइको छायांकन, सुशिल न्यौपानेको सम्पादन तथा भीएफएक्स छ । यो गीतले देशको समसामयिक बिषयमा ब्यङ्ग्य प्रहार गरेको छ । नेपालको राजनितिक दलहरुलाई गाईजात्राको कोसेली “ तिमी के को जान्ने ?” गीत रहेको हरिवंश आचार्यको भनाई छ ।
भिडियो हेर्नुहोस् :

Leave a Reply