सङ्गीतकार सन्तोष श्रेष्ठले गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाए

सङ्गीतकार सन्तोष श्रेष्ठ गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् । सन्तोष श्रेष्ठले विश्व रेकर्ड राखेका छन् । श्रेष्ठले ‘मायाको सागरमा’ बोलको गीतमा बाह्र अन्तर्राष्ट्रिय भाषामा सङ्गीत गरेर वर्ल्ड रेकर्डमा सहभागी भएका हुन् । गिनिज वर्ल्ड रेकर्डले श्रेष्ठलाई विश्व कीर्तिमानी सङ्गीतकारमा सहभागी भएको प्रमाणपत्र प्रदान गरेको छ । उनको सङ्गीत मा नेपाली, हिन्दी, चाइनिज, जापानी, अङ्ग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेन, इटालियन, जर्मन, थाई गरी १४ भाषामा गीत रेकर्डिङ गरिएको थियो । यस गीतलाई सागर अधिकारी, प्रकाश तिमल्सिना र डा। डि आर उपाध्यायले गाएका हुन् भने एरेन्ज देवेन्द्र नेवाले गरेका हुन् ।

Leave a Reply