आँचल शर्मालाई ‘जाउँ माया जाउँ’ भन्दै जेपी शाह(भिडियो)

चर्चित गीतकार, संगीतकार तथा गायक राजनराज सिवाकोटी र गायिका एलिना चौहानको स्वरमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘जाउँ माया जाउँ’ बोलको नयाँ म्युजिक भिडियो सोमबार सार्वजनिक गरिएको हो । उक्त गीतमा राजनराजकै शब्द सृजना र संगीत रहेको छ । सो गीतको भिडियोलाई नितिन चन्दले निर्देशन गरेका हुन् । विशाल महराले कोरियोग्राफी गरेका छन् । गीतमा नायिका आँचल शर्मा, जीपी शाह र हर्ष तण्डुकारको अभिनय रहेको छ । गीतको भावअनुसार अभिनय र नृत्यले म्युजिक भिडियोलाई जीवन्त दिन प्रयास गरिएइको छ । प्रेमभाव रहेको सो गीतमा शहरको सुख सुविधालाई त्यागेर गाउँघरमा जाने प्रसङ्गलाई कलात्मक रुपमा प्रेम भावलाई दर्शाइएको छ ।

प्रेमी र प्रेमिकाबीच आफ्नो मायालाई जीवन्त प्रदान गर्न शहरको सुख सुविधालाई त्यागेर गाउँको दुःखदायी अवस्थालाई स्वीकर्ने गरी फर्केन विषयलाई मार्मिक रुपमा शब्द र अभिनयमा उतारिएको गीत र भिडियोमा सुन्न र देखिन सकिन्छ । शहरबाट गाउँ फर्केको देखाइएको सो भिडियोमा आँचल र जेपीले एकअर्काप्रति समर्पण भाव दर्शाउँदै प्रेम प्रकट गरेको देख्न सकिन्छ । भिडियो हेर्नुहोस :

Leave a Reply