पल र केकीको ‘कुरा सिधा छ’(भिडियो)

अभिनेता पल शाह र अभिनेत्री केकी अधिकारी  अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘हाम्रो माया’ बोलको गीतमा  गायिका सुजाता केसी र अलिफ खानको आवाज रहेको छ । गीतमा रमेश परियारको शब्द तथा संगीत रहेको छ ।

भिडियोमा पल र केकीको जोडी सुन्दर देखिएको छ साथै केमिस्ट्री पनि निकै जमेको छ ।

मंगलबार सार्वजनिक भएको गीतको लुम्बिनीमा  भिडियो छायाँकन गरिएको हो । काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशनमा बनेको यस गीतको भिडियोलाई अर्जुन तिवारीले छायाँकन र विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

गीत हेर्नुहोस् :-

 

Leave a Reply