‘छ माया छपक्कै’को सिक्वेल बन्ने पक्का

गत वर्ष प्रदर्शनमा आएको ब्लकबस्टर चलचित्र ‘छ माया छपक्कै’ को पनि सिक्वेल निर्माण हुने भएको छ । चलचित्रको सिक्वेलको अहिले स्क्रिप्टमा काम भइरहेको छ । चलचित्रको काम अगाडि बढेपनि तत्काल छायांकन सुरु हुने छैन । यस्तै, चलचित्र ‘छ माया छपक्कै’का मुख्य कलाकार दिपकराज गिरी र उनको टिमले चलचित्र ‘छक्का पन्जा ४’ बनाउने तयारी पनि गरेको छ ।

रोहितले दिनेशसँग बनाउने चलचित्र र ‘छक्का पन्जा ४’को काम सकिएपछि मात्र ‘छ माया छपक्कै’को काम अगाडि बढ्नेछ । चलचित्रमा कलाकार दिपकराज गिरीको मुख्य भूमिका रहनेछ । ‘छ माया छपक्कै’को टिममा केही परिवर्तन गरेर यसको सिक्वेल बनाउने तयारी गरिएको छ ।

Leave a Reply