सौगात र सलोनको ‘घनचक्कर’ आजदेखि प्रदर्शनमा

सौगात मल्ल, सलोन बस्नेत र जेवी डिसीको मुख्य भुमिका रहेको चलचित्र ‘घनचक्कर’को आजबाट प्रदर्शनमा आएको छ । निर्माण भएको चार वर्षपछि प्रदर्शनमा आएको चलचित्रले मल्टीप्लेक्सहरुमा औसत शो पाएको छ भने सिंगल थिएटर पनि पर्याप्त पाएको छैन । चलचित्रले पात्रबीचको घम्साघम्सी र पैसाको घनचक्करलाई प्रस्तुत गर्ने छ । ‘घनचक्कर’ सँगै बलिउडको ‘जुगजुग जियो’ र हलिउडको ‘एल्भिस’ पनि प्रदर्शनमा आएका छन्।

भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् । हरि भट्ट सुर्यनाथ प्रस्तुतकर्ता रहेको कमेडी जनराको चलचित्रमा करुना अर्याल र संगम भट्टको लगानी छ ।

चलचित्रमा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाई सह-निर्माताको रुपमा रहेका छन् । चलचित्रमा सरोज खनाल, कस्मिरा लाम, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडल लगायतको पनि अभिनय रहेको छ ।

सुसन प्रजापति खिचेको चलचित्रमा अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्धन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य, देव कोइमी र बिजेन श्रेष्ठको संगीत र मित्र डि गुरुङको सम्पादन रहेको छ । चलचित्रलाई सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले वितरण गर्दैछ ।

Leave a Reply