‘ठेकीमा मदानी’ भन्दै मेलिना र गोविन्द(भिडियो)

गायिका मेलिना मैनाली र गायक गोविन्द अर्यालको आवाजमा सजिएको ‘ठेकीमा मदानी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सजन पराजुलीको शब्द तथा गायक अर्यालको संगीत रहेको छ ।

सार्वजनिक गीतको भिडियोलाई सुन्धल धितालले निर्देशन गरेका छन् । उक्त गीतको भिडियोमा सुधीर श्रेष्ठ,सुपा खनाल, सुदिप आचार्य र सुज्मा थापाको नृत्य तथा अभिनय रहेको छ । त्यस्तै सुरेश पाण्डेको कोरियोग्राफी र सुवास देवकोटाको सम्पादन रहेको गीतको भिडियोमा मेहफुज अन्सारीले छायाँकन गरेका हुन् ।

Leave a Reply