‘बगान’बाट निर्देशनमा डेब्यू गर्दै सरोज खनाल, इन्ट्रो टिजर र गीत सार्वजनिक

अभिनेता सरोज खनालले चलचित्र ‘बगान’बाट चलचित्र निर्देशनमा डेब्यू गर्दै छन् । आइतवार काठमाडौंको चाबहिलस्थित विकास बोर्डको हलमा चलचित्रको औपचारिक निर्माण घोषणा गर्दै ‘इन्ट्रो टिजर’ र गीत ‘तिम्रो सुन्दर आँखा’ सार्वजनिक गरिएको थियो । चलचित्रमा सरोज खनाल, नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, डेव्यु अभिनेत्री प्रमिला कार्कीलगायतको अभिनय रहने छ ।

सार्वजनिक ‘तिम्रो सुन्दर आँखा बोलको गीतमा सुरेश वाग्लेको शब्द रचना तथा सुभाष भुषालको संगीत, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर छ । रोमान्टिक गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र प्रमिला कार्कीलाई फिचर्ड गरिएको छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

चलचित्रमा गौरीशंकर धुजुको छायांकन निर्देशन, उत्सव दाहालको छायांकन, अर्जुन जीसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाको भीएफएक्स र रेनिश फागोको कलर करेक्सन हुने बताइएको छ । नेपाली वेबसाइटको प्रस्तुति रहने ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्मात्री अभिनेत्री करिश्मा मानन्धर हुन् । चलचित्रलाई नेपालअघि विदेशमा प्रदर्शन गरिने भएको छ ।

Leave a Reply