स्वस्तिमा र निश्चलको ‘सरकारी अड्डा’(भिडियो)

रियल जीवनका जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्का फेरी एक पटक एउटा भिडियोमा एकसाथ आएका छन् । नेपाली चलचित्र क्षेत्रको ‘क्युट र चर्चित जोडी’ हुन् निश्चल र स्वस्तिमा अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत् ‘सरकारी अड्डा’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

गायक पदम राई र गायिका रचना रिमालको संयुक्त गायनमा रहेको गीत ‘सरकारी अड्डा’मा डीपी खनालको शब्द रचना रहेको छ भने संगीत दीपक शर्माले भरेका छन्। रिकेश गुरुङले एरेन्ज गरेको गीतलाई किशोर थापाले मिक्सिङ गरेका हुन्।

निकेश् खड्काको निर्देशन साथै कन्सेप्टमा बनेको भिडियोको दृश्य कैद मन कृष्ण महर्जन र बुद्ध थापाले संयुक्त रुपमा गरेका छन् । गीतको अडियो र भिडियो दुवै निकै राम्रो बनेको छ ।

केन्द्र मोसन पिक्चर्स प्रालिले निर्माण गरेको गीतको भिडियोको सम्पादन विकास धमलाले गरेका छन् भने यसमा रंग संयोजन राजेन्द्र मोक्तानको रहेको छ। उक्त गीतमा स्वस्तिमा नर्सको भुमिकामा छिन् र निश्चल सैनिकको भुमिकामा छन् तर एक दुर्घटनामा परेपछि उनी आफनो सपना पुरा गर्न असमर्थ हुन्छन् उनको सपनालाई पुरा गर्न स्वस्तिमाले आफनो पेशालाई छोडेर निश्चलको सपना पुरा गर्छिन् ।

सोही गीतमा एक अर्काको प्रेमलाई पनि देखाइएको छ । गीतमा निश्चल र स्वस्तिमाको केमिस्ट्री सधैँझै निकै सुहाएको छ ।

नायिका स्वस्तिमा खड्का र निर्देशक तथा कलाकार निश्चल बस्नेतको जोडी चलचित्र क्षेत्रमा मात्र नभएर दर्शकमाझ पनि लोकप्रिय छ । २०१६ मा वैवाहिक वन्धनमा बाधिएका स्वस्तिमा र निश्चलको जोडीलाई मनोरंजन क्षेत्रको एक आर्दशको जोडीको रुपमा लिने गरिन्छ । नेपालकै सबैभन्दा लोकप्रिय र प्रसिद्ध जोडी बस्नेत र खड्कालाई हरेक उमेरका मानिसहरुले रुचाउने गर्छन् ।

गीत हेर्नुहोस्-

Leave a Reply