सञ्जय दत्तको ‘केजीएफ २’मा खतरनाक लुक्स

दुई वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र ‘केजीएफ’ को सिक्वेलमा बलिउड सुपरस्टार सञ्जय दत्तको पनि अभिनय छ । यसमा उनी खतरनाक भिलेन ‘अधिरा’को भूमिकामा छन् । बुधवार उनको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ ।

बुधवारबाट ६१ वर्षका भएका सञ्जयले आफ्नो जन्मदिनको अवसरमा सामाजिक संजाल इन्स्टाग्राममार्फत चलचित्रमा आफूले निर्वाह गरेको अधिराको लुक्स सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्, ‘यो चलचित्रमा काम गर्न पाएकोमा खुसी छु । योभन्दा राम्रो जन्मदिनको उपहार अरु हुनै सक्दैन । धन्यवाद ।’ पोस्टरमा उनको लुक्स देखेर दर्शकहरु चकित परेका छन् । उनी डरलाग्दो लुक्समा देखिएका छन् । प्रशान्त नीलको निर्देशन रहेको ‘केजीएफ २’ मा सञ्जयका साथमा यश र रवीना टन्डनको पनि प्रमुख भूमिका रहेको छ ।

Leave a Reply