दिपेन्द्र के खनाल ‘लकडाउन र चिसो मान्छे’ निर्देशन गर्दै

निर्देशक दीपेन्द्र के खनाल दुई नँया चलचित्रको निर्देशन गर्न तयारी गरिरहेका छन् । ‘आमा’ पछि उनले अब चलचित्र ‘चिसो मान्छे’ र ‘लकडाउन’ निर्देशन गर्ने भएका हुन् । उनले उक्त दुई चलचित्रको नाम निर्माणका लागि चलचित्र विकास बोर्डमा दर्ता गराइसकेका छन् । यी दुबै चलचित्रलाई सामाजिक कथावस्तुमा बनाउने तयारी गरिएको छ । अवस्था सहज हुनेबित्तिकै चलचित्रको छायांकन सुरु गर्ने तयारी गरिरहेको दीपेन्द्र बताउँछन् । चलचित्रको लागि अन्य कलाकार तथा प्राविधिकको टिम फाइनल भैसकेको छैन । ‘चिसो मान्छे’ पछि ‘लकडाउन’ निर्माण गरिने छ । दुवै चलचित्रमा शर्मिला पाण्डेको लगानी रहने छ । खनाल र पाण्डेको सहकार्य रहेको पछिल्लो चलचित्र ‘आमा’ बक्सअफिसमा हिट भएको थियो ।

Leave a Reply