आँचल शर्मा र डा.उदिप श्रेष्ठ वैवाहिक जीवनमा बाधिए (फोटो फिचर)

अभिनेत्री आँचल शर्माको उनका प्रेमी डा.उदिप श्रेष्ठसंग विवाह सम्पन्न भएको छ । आज फागुन २९ गते बिहिबार आँचल र उदिप सामाजिक परम्परा अनुसार वैवाहिक जीवनमा बाधिएका छन् । डेढ वर्ष लामो प्रेम सम्बन्धपछि आँचल र उदिप वैवाहिक जीवनमा बाधिएका हुन् । दुईले विवाहमा आफन्त, साथीभाइ र सीमित चलचित्रकर्मीलाई मात्र निम्त्याएका थिए भने विवाहको रिसेप्सन पार्टी भने चैत्र १ गते राखेका छन् ।

आँचल र उदिपको विवाह राजधानीको बुढानिलकण्ड स्थित पार्क भिलेज रिसोर्टमा भएको छ । आँचलले आफ्नो विवाहको तस्बिरहरू सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत्  सार्वजनिक गरेकी छन् । विवाह अगाडी आदीप जोडीले सङ्गीत र मेहेन्दीको कार्यक्रम पनि गरेका थिए । विवाहमा दुलाह दुलहिको भेषमा सजिएका आँचल र उदिपलाई निकै खुशी र आकर्षक देखिएका थियो । आँचल र उदिपलाई सफल वैवाहिक जीवनको शुभकामना!!

Leave a Reply