प्रधानमन्त्री ओलीले दिए अमिताभ र अभिषेकलाई स्वास्थ्य लाभको कामना

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित बलिउडका चर्चीत अभिनेता अमिताभ र अभिषेक बच्चनको स्वास्थ्य लाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल ट्वीटरमार्फत उनीहरूको स्वास्थ्य लाभको कामना गरेका हुन् ।

भारतीय अभिनेता अमिताभ बच्चन र उनको परिवारलाई कोरोना सङ्क्रमण देखिएपछि बलिउडमा चिन्ताको विषय बनेको छ । अस्पतालका अनुसार हल्का लक्षण देखिए पनि उनिहरूको स्वास्थ्य अवस्था ठीक छ । यी दुईलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ । अमिताभ बच्चनकी पत्नी जया बच्चन, बुहारी ऐश्वर्या राय बच्चन र नाती आराध्या बच्चनको पनि कोरोना भाइरसको परीक्षण गरिएको छ । यी तीनै जनाको परीक्षणको नतिजा नेगेटिभ आएको बताइए पनि पुनः परीक्षण गर्दा ऐश्वर्या राय बच्चन र आराध्या बच्चनको रिपोर्ट पोजिटिभ आएको छ । अमिताभकी धर्म पत्नी जया बच्चनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको हो ।

Leave a Reply