स्वस्तिमा र सुपुष्पाको ‘चपली हाइट ३’ चैत्र २८ मा

७ वर्षअघिको अभिनेत्री विनिता बराल स्टारर सुपरहिट चलचित्र ‘चपली हाइट’ को तेस्रो सिरिजको प्रदर्शन मिति घोषणा गरिएको छ। चलचित्र निर्माता अर्जुन कुमार र निर्देशक निकेश खड्काले छायाँकनस्थलबाटै चलचित्रको प्रदर्शन मिति घोषणा गरेका हुन्। चलचित्र आउँदो चैत २८ गते प्रदर्शनमा आउने भएको छ।

‘छायाङ्‍कन जानुभन्दा पहिले नै प्रदर्शन मिति घोषणा गर्ने योजना थियो। तर, प्राविधिक काम कस्तो होला भन्ने दोधार थियो। छायाङ्‍कनको पाँचौ दिनसम्म आइपुग्दा ‘चपली हाइट ३’काे कामले लय समातेको छ,’ निर्माता अर्जुन कुमारले छायाङ्‍कनस्थलबाट भने, ‘त्यसैले चलचित्र पूर्णरुपमा तयार हुन धेरै समय लाग्दैन। त्यसैले चैत २८ को रिलिज मिति तय गरेका हौं। आगामी नयाँ वर्षमा दर्शकको लागि ‘चपली हाइट ३’ उपहार हुनेछ।’

चलचित्रमा आमिर गौतम, स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी र प्रतिक श्रेष्ठ लगायतका कलाकारको अभिनय रहनेछ। चलचित्रमा स्वस्तिमा-महेश र सुपुष्पा-प्रतिकको जोडी बाँधिएको छ ।

चैतमा प्रदर्शनमा ल्याउने तयारी गरिएको ‘चपली हाइट ३’ लाई अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर निर्माण गर्न लागेको हो ।

Leave a Reply