रीमाको प्रश्न:‘अन्तर्राष्ट्रियस्तरको खेलाडीलाई कालोसूचीमा राख्नु कतिसम्म न्यायपूर्ण ?’

अभिनेत्री रीमा विश्वकर्माले बलात्कारका आरोपित क्रिकेटर सन्दीप लामिछानेलाई कालोसूचीमा राख्ने अध्यागमनको निर्णयप्रति प्रश्न उठाएकी छिन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै छानबिनको क्रममा रहेको अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय खेलाडीलाई दोषी जसरी कालो सूचिमा राख्नु न्यायपूर्ण नहुने धारणा राखेकी हुन् ।

उनी लेख्छिन्, ‘सन्दीप लामिछाने दोषी होलान् या निर्दोष यो त छानबिनपछि नै थाहा होला । दोषी भएमा उनले देशको कानुन बमोजिम सजाय पाउनुपर्छ, अपराधीले कुनै पनि हालतमा उन्मुक्ति पाउनु हुँदैन । तर आरोप लगाएकै भरमा राज्यले छानबिनकै क्रममा रहेको विषयमा दोषी नै भए जसरी एक अन्तराष्ट्रिय स्तरको राष्ट्रिय खेलाडीलाई कालोसूचीमा राख्नु कतिसम्म न्यायपूर्ण छ ?’

Leave a Reply