शुक्रवारबाट सिनेमा हल खुल्ने,‘आमा’ र ‘सेन्टी भाइरस’ रि-रिलिज हुँदै

सरकारले चलचित्र क्षेत्रलाई वेवास्था गरेको भन्दै गएको हप्ता नेपाल चलचित्र संघले पुष १० गतेबाट सिनेमा हल खोल्ने घोषणा गरेको थियो । सरकारले सिनेमा हल खोल्ने विषयमा कुनै निर्णय नगरे पनि हल व्यवसायीहरु शुक्रवारबाट सिनेमा हल खोल्ने तयारीमा जुटेका छन् । प्रदर्शनको क्रममा रोकिएका दुई नेपाली चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ शुक्रवारबाट पुनः प्रदर्शन गर्ने तयारी भएको चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले बताएका छन् । यी दुवै चलचित्र हलमा रिलिज भैरहेको समयमा कोरोना भाइरसको महामारीका कारण लकडाउन भएको थियो । मल्टीप्लेक्समा भने यी दुई नेपाली चलचित्रसँगै हलिउड चलचित्र ‘मुलान’ र ‘ब्लडसट’ प्रदर्शन हुँदैछन् ।

समीक्षात्मक र व्यवसायिक दुवै रुपमा सफल रहेको ‘आमा’ लाई दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन् । चलचित्रमा सुरक्षा पन्त र मिथिला शर्माको मुख्य भूमिका छ । त्यस्तै, रामबाबु गुरुङ निर्देशित फिल्म ‘सेन्टी भाइरस’ मा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, सन्दिप क्षेत्रीलगायतको अभिनय छ ।

Leave a Reply