दीपकराज गिरी भन्छन् : ‘नकारात्मक कमेन्टमध्ये ७५ प्रतिशत कमेन्टहरु फेकआइडीबाट’(भिडियो)

नायिका तथा निर्देशक दीपाश्री निरौला आफूले दिएको अभिव्यक्तिका कारण विवादमा परिन् । उनले अन्तर्वार्तामा राजेश हमाल महानायक हो र ? भन्दै प्रश्न गरेपछि उत्पन्न भएको विवाद अझै रोकिएको छैन । दीपाश्रीले माफी मागिसके पनि गालीको वर्षा रोकिएको छैन । दीपाश्रीको समर्थन गरेको भन्दै कलाकार दीपकराज गिरीमाथि पनि स्वघोषित ‘महानायक’ भन्दै प्रहार भइरहेको छ ।

यस विषयमा केही दिनअघि उनले सामाजिक सञ्जालको माध्यमबाट आफ्नो लक्ष्य कहिल्यै ‘महानायक’ को घरतिर नमोडिएको बताउँदै आफ्नो गल्ती विनै जबरजस्ती रुपमा ‘महानायक’ बनाउनेहरूलाई धन्यवाद दिएका थिए । यसैक्रममा दीपकराजले आइतवार फेसबुकमा एक भिडियो पोस्ट्याउँदै ‘छक्का पन्जा’ को ब्रान्डमाथि प्रहार भएको बताएका छन् । दीपाश्रीले माफी मागिसक्दा पनि यो विवाद साम्य नहुनुलाई आफ्नो समूहमाथि ‘साइबर बुलिङ’ भएको उनको भनाई छ । उनले सामाजिक सञ्जालमा आफूहरुमाथि असभ्य भाषा प्रयोग गर्नेमध्ये ७५ प्रतिशत फेक आइडीबाट भएको उनी बताउँछन् । उनले थपेका छन्, ‘केही प्रतिशत राजेश हमालप्रतिको प्रेम छ । तर, त्योभन्दा ठूलो प्रहार ‘छक्का पञ्जा’ ब्रान्डमाथि भइरहेको छ ।’ दिपकराज गिरीले नायक राजेश हमाललाई ‘महानायक’ होइनन् भन्ने अधिकार आफूलाई नभएको स्पष्ट पारेका छन् । उनले भनेका छन्,‘इन्डस्ट्रीले एउटालाई ‘महानायक’ मान्छ भने हामी त्यसलाई सम्मान गर्नुपर्छ । दीपाजीले प्रयोग गरेका शब्दहरु र उहाँको बडिल्याङ्वेजमा कमजोरी भयो । उहाँले शब्द नै मिलाउन सक्नुभएन, त्यो गल्ती हो ।’

यस विवादमा कलाकारिता क्षेत्रमा आबद्ध बरिष्ठ व्यक्तिहरुले पनि दोहोरो भूमिका खेलेको दीपकराजले आरोप लगाएका छन् । विवादित विषयलाई मिलाउनुभन्दा ‘आइ एम विथ राजेश हमाल’ भन्दै पहिला राजेश हमालको बारेमा नकारात्मक टिप्पणी गर्नेहरु अहिले हमालको पक्ष लिइरहेको उनको टिप्पणी छ । अब यो विषय साम्य पार्नुपर्ने बताउँदै राजेश हमालसंग आफूहरु भेटेर कुरा गर्ने प्रयास रहेको समेत दीपकराजले बताएका छन्।

Leave a Reply