केदार घिमिरेको अनुरोध,‘गल्ती मान्छेबाटै हुने हो,सच्चिएर अगाडी बढ्ने मौका दिनुहोस्’

नायिका दीपाश्री निरौला आफूले दिएको अभिव्यक्तिका कारण विवादमा परिन् । उनले अन्तर्वार्तामा राजेश हमाल महानायक हो र ? भन्दै प्रश्न गरेपछि उत्पन्न भएको विवाद अझै रोकिएको छैन । दीपाश्रीले माफी मागिसके पनि उनलाई गाली आउन नछाडेपछि चलचित्रकर्मीले आफ्नो भनाइ सार्वजनिक गर्न थालेका हुन् । यसै क्रममा हास्य कलाकार केदारप्रसाद घिमिरेले ‘महानायक’ विवादमा आफ्नो भनाइ राखेका छन् । केदार लेख्छन्–‘हो दीपा दिदीको गल्ती थियो, माफी पनि मागिसक्नुभयो । म पनि महानायक राजेश हमालसँग व्यक्तिगत रुपमा माफी माग्छु । कुन गल्तीको सजाय कति भन्ने पनि त होलानी । छिमेकीको बच्चाले साग कुल्च्यो भनेर खुट्टा नै भाँचेर पठाइदिने त ?’अघिपछी राजेश दादाको बारेमा सकारात्मक कुरा गर्ने मान्छे,त्यो दिन दिदीको ठुलै दशा रैछ। उहाँ मनको दयालु हुनुहुन्छ, बर्षेनी १५ जना गरीब बच्चाहरुको स्कुल फि तिरिदिनुहुन्छ । कोही कलाकार प्राबिधिकको दुखमा पुगीहाल्नुहुन्छ,भलै बैगुण पनि होलान् । गल्ती मान्छेबाटै हुने हो, सच्चिएर अगाडी बढ्ने मौका दिनुहोस् ।

केदारले चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर रिलिज भएपछि सुरुमै १२ सय प्रतिक्रिया नकारात्मक आउँदा आफू झण्डै दोश्रो पटक डिप्रेसनमा गएको पनि उल्लेख गरेका छन् । ‘छक्का पञ्जा’को टिमबाट आफूलाई निकाल्दा चलचित्रको अस्तित्व नै सकिने भनेर आएको प्रतिक्रियामा उनले लेखेका छन्–‘हाम्रो टिममा सबै लेखक र निर्देशक छौं । आफू आफैँ पनि छुट्टाछुट्टै रुपमा चलचित्र बनाउन सक्छौं । तर छुट्टाछुट्टै चलचित्र बनाउँदा चलचित्र कमजोर नबनोस्, दर्शक निराश भएर नफर्किऊन् भनेर हामी एक आपसमा मिल्छौं।’

Leave a Reply