ऐश्वर्या बच्चन र छोरी आरध्यालाई पनि कोरोना संक्रमण

बलिउड चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्या बच्चनलाई पनि कोरोना पोजेटिभ देखिएको छ । शनिबार अमिताभ बच्चन र अभिषेश बच्चनलाई कोरोना पोजेटिभ देखिएको थियो । आइतबार अभिषेककी श्रीमती र छोरीलाई पनि कोरोना पोजेटिभ देखिएको महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश तोपे जानकारी दिएका छन् । पहिलो पटक गरिएको परीक्षणमा ऐश्वर्या, उनकी छोरी आराध्या र कलाकार जया बच्चनको रिपोर्ट नेगिटिभ आएको थियो ।

तर, दोश्रो पटक गरिएको परीक्षणमा ऐश्वर्या र आराध्याको रिपोर्ट पोजिटिभ आएको छ । हाल होम क्वारेन्टाइनमा रहेका उनीहरुलाई अब नानावती अस्पतालमा भर्ना गरिनेछ । कलाकार जया बच्चन भने होम क्वारेन्टाइनमा नै रहनेछिन् । आज बिहान गरिएको एन्टिजन टेष्टमा उनीहरुको रिपोर्ट नेगिटिभ आएको थियो । दुवैमा सामान्य लक्षण रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

Leave a Reply