मनीषा कोइरालाले गरिन् ४ थान भेन्टिलेटरसहित स्वास्थ्य सामाग्री सहयोग

कोरोना भाइरसको संक्रमणले नेपाल आक्रान्त बनेको छ । कोरोनाले निम्त्याएको विभिन्न अभावहरुसंग लड्न र जीवन रक्षाका लागि नेपाली फिल्मकर्मीहरुले पनि सहयोगी हात अगाडि बढाइरहेका छन् ।
यसैक्रममा,अभिनेत्री मनीषा कोइरालाले पनि सहयोगी हात अघि बढाउदै स्वास्थ्य सामाग्री सहयोग गरेकी छन् । अभिनेत्री कोइरालाले बीरगञ्जस्थित नारायणी अस्पताललाई ४ थान भेन्टिलेटर, एक सय थान पीपीई, एक सय थान फेस सिल्ड, एक सय थान मास्क र फूल फेस मास्क ३ थान प्रदान गरेकी हुन् ।

Leave a Reply