चलचित्र ‘लाखे’ मा सौगात,अनुपविक्रमदेखि अर्पणसम्मको अभिनय रहने

चलचित्र  ‘पासवर्ड’ निर्देशक सम्राट बस्नेतको निर्देशनमा नयाँ चलचित्र  निर्माण हुने भएको छ । मल्टिस्टार कलाकार लिएर चलचित्र ‘लाखे’ निर्माण हुन लागेको हो ।

चलचित्रका लागि सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा लगायतका कलाकार फाइनल भइसकेको बताईएको छ । बाँकी कलाकार भने अडिसनमार्फत् छानिने  छ ।

ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रालि र औरियन प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता सिजन अर्याल हुन् । कथा समेत निर्माता अर्यालकै रहेको चलचित्रको प्रस्तुतकर्तामा गणेश मल्ल ठकुरी रहेका छन् । चलचित्रको छायांकन पुसबाट शुरु गरिने जनाइएको छ ।

ठूलो बजेटमा निर्माण हुने बताइएको चलचित्रको नाम ‘लाखे’ राखिएपनि नेपाली संस्कृतिमा रहेको लाखे परम्परा विषयवस्तुमा पूरै नसमेटिएको निर्देशक बस्नेत बताउँछन् । नेपालको संस्कृतिमा रहेको ‘लाखे’ परम्पराको प्रचार गर्ने उद्देश्यले चलचित्रको नाम ‘लाखे’ जुराइएको निर्देशक बस्नेतको भनाइ छ ।

Leave a Reply